देश

दैलेख । मलामी गएका गुराँस गाउँपालिका–४, रिठाका ११ वर्षीय कमल खड्काको डुबेर मृत्यु भएको छ । रतिखोला घाटमा उनको मृत्यु भएको हो ।
डुबेर बेहोस भएका उनलाई प्रहरी र स्थानीयले उद्धार गरेर दैलेख अस्पताल पुर्याएकामा चिकित्सकले निजलाई मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालयका प्रमुख गणेशबहादुर बरालले जानकारी दिए । रासस
प्रकाशित मिति: सोमबार, असार २, २०८२ २२:०३
प्रतिक्रिया दिनुहोस्