site stats
बाह्रखरी :: Baahrakhari
खेल
टेल स्थायी रूपमै टोटनहममा अनुबन्धित

काठमाडौं । टोटनहमले फ्रान्सका फरवार्ड म्याथिस टेललाई स्थायी रूपमै क्लबमा भित्र्याएको छ । 

फ्रान्सको यू–२१ राष्ट्रिय टोलीबाट युरोपियन च्याम्पियनसिप खेलेका टेल गत जनवरीमा जर्मन क्लब बायर्न म्युनिखबाट लोनमा इंग्लिस क्लब आएका थिए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

त्यसबेला टेललाई टोटनहमले ४५ मिलियन पाउन्डमा स्थायी सम्झौता गर्न सक्ने गरी भित्र्याएको थियो । नयाँ सम्झौताअनुसार उनी ६ वर्षसम्म टोटनहमबाट खेल्नेछन् । 

उनले टोटनहमबाट अघिल्लो सिजनमा २० खेल खेलेका थिए । त्यस सिजन उनको नाममा तीन गोल रह्यो । गएको सिजन टोटनहमले युरोपा लिगको उपाधि जित्दा उनको प्रदर्शन उत्कृष्ट थियो ।

 

प्रकाशित मिति: आइतबार, असार १, २०८२  १९:२४
प्रतिक्रिया दिनुहोस्