
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सिकेको ज्ञान तथा सीपलाई राष्ट्र र समाजको सेवामा इमान्दारीपूर्वक लगाउन विधार्थीलाई आग्रह गरेका छन् । मंगलबार राजर्षी जनक विश्वविद्यालयको प्रथम दिक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो आग्रह गरेका हुन् ।
प्रथम दीक्षान्त समारोह ऐतिहासिक रहेको उल्लेख गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गरे । शक्ति युगमा विद्धता, ज्ञान र दर्शनको छलफल हुने गरेको उल्लेख गर्दै चार हजार वर्षपछि त्यही ठाउँमा आइपुगेको बताए । "शासकीय स्वार्थ र अव्यवस्थाको कारणले शिक्षा क्षेत्रको अपेक्षाकृत विकास हुन सकेन," प्रधानमन्त्री ओलीले भने ।
ओलीले वास्तविक लोकतन्त्रको अभ्यास गरेर शिक्षा क्षेत्रको विकासलाई अगाडि बढाउनुपर्ने बताए ।