site stats
बाह्रखरी :: Baahrakhari
देश
बकर इदले आपसी भाइचारा र समानताको सन्देश प्रवाह गर्छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इद उल अज्हा (बकर इद)ले आपसी विविधताबीचको एकताले नै राष्ट्रिय भावनालाई प्रगाढ बनाउँदै आपसी भाइचारा र समानताको सन्देश प्रवाह गर्न मद्दत गर्ने विश्वास व्यक्त गरेका छन् ।  

मुस्लिम समुदायको महान् पर्व इद दल अज्हा (बकर इद)को अवसरमा आज स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति तथा समृद्धिको लागि शुभकामना व्यक्त गर्दै सो विश्वास व्यक्त गरेका हुन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“विश्वास, समर्पण र समाज सेवाको सन्देश बोक्ने यस्ता चाडपर्वले विश्वको विभिन्न स्थानमा छरिएर रहेका नेपालीको धार्मिक तथा सांस्कृतिक विविधताबीच आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप, एकता, भ्रातृत्व एवं सहअस्तित्वका आधारमा आ–आफ्नो मौलिक संस्कृति र परम्पराको संरक्षण, संवर्द्धन र विकासमा टेवा पुग्ने अपेक्षा गरेको छु,” राष्ट्रपति पौडेलले भने । 

उनले इद उल अज्हा (बकर इद)को माध्यमबाट सबै नेपालीबीच राष्ट्रिय एकता, सहिष्णुता र सद्भाव कायम गरी समृद्ध र समुन्नत समाज निर्माण गर्न प्रेरणा मिलोस् भनी शुभकामना व्यक्त गरेका छन् । रासस

प्रकाशित मिति: शनिबार, जेठ २४, २०८२  ०७:००
प्रतिक्रिया दिनुहोस्