site stats
बाह्रखरी :: Baahrakhari
विदेश
भारत र पाकिस्तानबीचको युद्धविराममा अमेरिकाको भूमिकाबारे ट्रम्पले फेरि के भने ?

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीचको हालैको द्वन्द्व आफूले रोकेको बताएका छन् । 

“हामीले भारत र पाकिस्तानलाई लड्नबाट रोक्यौँ । यो आणविक प्रकोपमा परिणत हुन सक्थ्यो,” ट्रम्पले ओभल अफिसमा शुक्रबार पत्रकार सम्मेलनमा भने ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

अमेरिकाले सम्भावित आणविक हतियार प्रयोग गर्नेहरूसँग व्यापार गर्न नसक्ने उनले बताए । 

२२ अप्रिलमा जम्मू कश्मीरको पहलगाममा भएको आक्रमणपछि भारतले ६ मे को राति पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा आक्रमण गरेको थियो ।

दुई देशबीचको तनाव सैन्य द्वन्द्वमा परिणत भएको थियो । मे १० को साँझ युद्धविरामको घोषणासँगै दुई देशबीचको सैन्य द्वन्द्व समाप्त भएको थियो । 

यो युद्धविरामको घोषणा पहिलोपटक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेका थिए । उनले भारत र पाकिस्तानबीच युद्धविराम सम्झौतामा अमेरिकाले भूमिका खेलेको दाबी गरेका थिए ।

तर, यसबारे भारतले भारत र पाकिस्तानबीचको डीजीएमओस्तरमा भएको वार्तापछि युद्धविराम सम्झौता भएको बताउँदै आएको छ । बीबीसी 

प्रकाशित मिति: शनिबार, जेठ १७, २०८२  ०९:४१
प्रतिक्रिया दिनुहोस्