site stats
बाह्रखरी :: Baahrakhari
देश
न्युरो अस्पतालले भन्यो : आलमको स्वास्थ्यमा क्रमिक सुधार

काठमाडौं । अन्नपूर्ण न्युरो अस्पतालले पूर्वमन्त्री मोहम्मद आफ्ताब आलमको स्वास्थ्यमा क्रमिक सुधार आएको जनाएको छ । 

केही दिनअघि मात्रै कारागारबाट छुटेका आलमलाई मस्तिष्कघात भएपछि शुक्रबार बिहान न्युरो अस्पताल पुर्‍याइएको थियो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

बम विस्फोटको घटनामा घाइते भएका भनिएका पिन्टु भनिने त्रिलोकप्रसाद सिंह र ओशी अख्तरलाई इँट्टाभट्टामा जलाइएको घटनामा कारागारमा रहेका आलमलाई यही जेठ १४ गते उच्च अदालतले सफाइ दिएको थियो । 

कारागारबाट छुटेको दुई दिनपछि उनलाई मस्तिष्कघात भएको हो । अचानक बोली अस्पष्ट भएको र शरीरको एक भाग कमजोर भएको लक्षण देखिएपछि उनलाई अन्नपुर्ण न्युरो अस्पतालको आकस्मिक कक्षमा पुर्‍याइएको थियो । 

शारीरिक, रगत तथा एमआरआई जाँचपश्चात् उनलाई मस्तिष्कघात देखिएको र तुरुन्तै औषधि दिएर उपचार गरिएको अस्पतालले जनाएको छ ।

“उहाँको स्वास्थ्यमा क्रमिक सुधार आएको र हाल उहाँ अस्पतालको आईसीयू विभागमा विषेशज्ञ स्नायु चिकित्सकको निगरानीमा उपचाररत रहेको जानकारी दिन चाहन्छौँ,” अस्पतालको विज्ञप्तिमा भनिएको छ, “समस्त शुभचिन्तक तथा मेडियाकर्मीलाई यस विज्ञप्तिलाई नै अस्पतालको आधिकारिक विज्ञप्तिको रूपमा लिइदिनु हुन हार्दिक अनुरोध गर्दछौँ ।”
 

प्रकाशित मिति: शुक्रबार, जेठ १६, २०८२  २२:२९
प्रतिक्रिया दिनुहोस्