site stats
बाह्रखरी :: Baahrakhari
विदेश
पाकिस्तानले आक्रमणमा टर्कीको ड्रोन प्रयोग गरेको भारतको आरोप 

काठमाडौं । बिहीबार राति पाकिस्तानले ठूलो मात्रामा ड्रोनबाट भारतका विभिन्न भागलाई निशाना बनाएको आरोप भारतले लगाएको छ। भारतीय अधिकारीहरूले मे ८ मा पाकिस्तानले ठूलो संख्यामा ड्रोन आक्रमण गरेको दाबी गरेका छन्, जुन टर्कीमा निर्मित सोनागर ड्रोन रहेको प्रारम्भिक अनुसन्धानले देखाएको छ । 

शुक्रबार भारतीय विदेश मन्त्रालयले गरेको प्रेस ब्रिफिङमा कर्नेल सोफिया कुरेशीले भनिन्, “पाकिस्तानी सेनाले बिहीबार राति सैन्य पूर्वाधारलाई निशाना बनाएको थियो। पाकिस्तानले ३०० देखि ४०० ड्रोन प्रहार गरेको थियो।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यद्यपि, पाकिस्तानका रक्षामन्त्रीले आक्रमणको अस्वीकार गरे। 

कर्नेल सोफियाले भनिन्, “लेहदेखि सर क्रिकसम्मका ३६ स्थानमा ३००–४०० ड्रोन प्रयोग गरेर घुसपैठको प्रयास गरिएको थियो । भारतीय सुरक्षा बलले काइनेटिक र गैरकाइनेटिक माध्यम प्रयोग गरेर यी धेरै ड्रोनहरू खसालेको थियो।”

उनले भनिन्, “यति ठूलो मात्रामा हवाई घुसपैठको सम्भावित उद्देश्य वायु रक्षा प्रणाली परीक्षण गर्नु र गुप्तचर जानकारी संकलन गर्नु थियो। ड्रोनको भग्नावशेषको फोरेन्सिक अनुसन्धान भइरहेको छ। प्रारम्भिक अनुसन्धानले यी टर्किस एसिगार्ड सोनागर ड्रोनहरू भएको देखाउँछ।” बीबीसी

प्रकाशित मिति: शुक्रबार, वैशाख २६, २०८२  २२:३६
प्रतिक्रिया दिनुहोस्