site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
स्थानीय विकास तथा प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको पुनर्संरचना हुने

काठमाडौं । सरकारले स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान र प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको पुनर्संरचना गर्ने भएको छ । सरकारले आगामी वर्षको नीति तथा कार्यक्रममार्फत दुवै प्रतिष्ठान परिमार्जन गरी संघीयता कार्यान्वयनमा केन्द्रित हुने शैक्षिक तथा अनुसन्धानात्मक प्रतिष्ठानमा रूपान्तरण गर्ने घोषणा गरेको हो ।

शुक्रबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गदै राष्ट्रपति रामचन्द्र पौडेलले भने, “स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानलाई संघीयता अध्ययन शिक्षण प्रतिष्ठानमा रूपान्तरण गरिनेछ ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यस्तै, कर्मचारीहरूको प्रशिक्षणमा केन्द्रित रहेको राष्ट्रिय प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको पनि पुनर्संरचना गरी शैक्षिक प्रतिष्ठान बनाउने नीति तथा कार्यक्रममा उल्लेख छ । “प्रशासनिक प्रशिक्षण प्रतिष्ठानलाई सार्वजनिक प्रशासन विकास व्यवस्थापन र शासकीय अभ्यासको अध्ययन अनुसन्धान गर्ने शैक्षिक प्रतिष्ठानको रूपमा विकास गर्न कानुनी व्यवस्था गरिने छ,” नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले भने ।

 

प्रकाशित मिति: शुक्रबार, वैशाख १९, २०८२  १६:३१
प्रतिक्रिया दिनुहोस्