site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
आगामी वर्ष डिजिटल बैंक स्थापना गरिने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष ०८२/८३ मा डिजिटल बैंक स्थापना गर्ने नीति लिएको छ । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै डिजिटल अर्थतन्त्रको विकास गर्न डिजिटल बैंकको स्थापना गर्ने बताएका हुन् ।

“सूचना, प्रविधि तथा पूर्वाधार विस्तार गरी डिजिटल अर्थतन्त्रको विकास र नगदरहित वित्तीय कारोबार अभिवृद्धि गरिनेछ,” राष्ट्रपति पौडेलले भने, “नीतिगत तथा कानुनी व्यवस्था गरी डिजिटल बैंक स्थापना गरिनेछ ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

डिजिटल बैंक स्थापना गर्ने नीति पहिलेदेखि नै छ । राष्ट्र बैंकले यसका लागि गृहकार्य गरिरहेको छ ।

 

प्रकाशित मिति: शुक्रबार, वैशाख १९, २०८२  १६:२७
प्रतिक्रिया दिनुहोस्