site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
वायुसेवा निगमले तिर्‍यो चैत मसान्तसम्मको ५३ करोड ऋण

काठमाडौं । नेपाल वायु सेवा निगमले चैत मसान्तसम्मको किस्ता तिरेको छ । निगमले अन्तर्राष्ट्रिय उडानको लागि खरिद गरेका दुई न्यारोबडी र दुई बाइडबडी जहाजको ऋण तिरेको हो । 

निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋण दायित्वमध्ये दुई न्यारोबडी जहाजको ०८१ चैत महिनाको किस्ताबापत पूरा र दुई वाइडबडी जहाजको आंशिक गरी ५३ करोड नौ लाख ५५ हजार २८१ रुपैयाँ भुक्तानी गरेको हो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

अध्यक्ष युवराज अधिकारीले निगम व्यवस्थापन सम्हालेपश्चात् ०८१ चैतसम्मको अवधिमा सात अर्ब ३९ करोड पाँच लाख आठ हजार ९५ रुपैयाँ किस्ता रकम भुक्तानी गरेको जनाइएको छ ।

साथै, विश्वव्यापी कोरोनाभाइरसको कारण व्यापारमा प्रतिकूल असर परेको भन्दै निगमले सो असर रहेको अवधिको ब्याज, ब्याजको ब्याज, हर्जाना र पेनल छुट गर्न आग्रह गरेको छ ।
  
साथै किस्ताको संख्या वृद्धि गरेर ऋण दायित्व भुक्तानीलाई सहजीकरण गरिदिन समेत निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई अनुरोध पत्र पठाएको र यस सम्बन्धमा छलफल समेत भइरहेको जनाएको छ ।

प्रकाशित मिति: सोमबार, वैशाख १, २०८२  १२:४९
प्रतिक्रिया दिनुहोस्