site stats
बाह्रखरी :: Baahrakhari
विदेश
नयाँ कर नीतिबारे ट्रम्प : तत्काल केही पीडा होला, दीर्घकालमा सुनौलो परिणाम आउनेछ 

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार विश्वका विभिन्न मुलुकमाथि लगाएको करमा दोब्बर गर्दै अमेरिकीलाई आगामी दिनमा केही पीडा भोग्नुपरे पनि दीर्घकालका लागि ऐतिहासिक लगानी र समृद्धिको प्रतिबद्धता व्यक्त गरेका छन् । 

ट्रम्पको व्यापक कर वृद्धिले प्रतिशोधलाई बढावा दिन सक्ने, विश्वव्यापी अर्थव्यवस्थालाई अस्तव्यस्त पार्न सक्ने, व्यापार तनावलाई बढावा दिन सक्ने कदमको रूपमा प्रभाव पारेको बेला ट्रम्पको टिप्पणी आएको हो।

उनले भने, “हामी मूर्ख र असहाय भएका थियौँ, तर अब यस्तो हुने छैन,” ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा लेखेका छन्, “हामी पहिले कहिल्यै नभएको रोजगारी र व्यवसाय फिर्ता ल्याउँदैछौँ ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“यो आर्थिक क्रान्ति हो र हामी जित्छौँ,” उनले भने, “सजिलो हुनेछैन तर चुनौतीलाई सहनुहोस् अन्त्यमा परिणाम सुनौलो (ऐतिहासिक) हुनेछ।”

ट्रम्पले देशको व्यापार घाटाको समस्या समाधान गर्न आपतकालीन आर्थिक शक्तिको आह्वान गरेपछि मेक्सिको र क्यानडाका सामानबाहेक अधिकांश अमेरिकी आयातमा शनिबार मध्यरातपछि १० प्रतिशत करवृद्धि लागु भएको हो ।

ह्वाइट हाउसका अनुसार व्यापारमा देखिएको अन्तर सम्बन्ध र ‘अत्यधिक मूल्य वर्धित कर’ जस्ता अन्य नीतिका कारण भएको हो ।

आगामी अप्रिल ९ देखि युरोपेली संघ, जापान र चीनलगायत करिब ६० व्यापारिक साझेदारले हरेक अर्थतन्त्रका लागि उपयुक्त उच्च दरको सामना गर्नुपर्नेछ ।

यसअघि नै ट्रम्पले चिनियाँ सामानमा ३४ प्रतिशत कर वृद्धि गरेपछि बेइजिङले अप्रिल १० देखि अमेरिकी उत्पादनमा ३४ प्रतिशत कर लगाउने घोषणा गरेको थियो ।
 
बेइजिङले संयुक्त राज्य अमेरिकालाई विश्व व्यापार संगठन (डब्ल्यूटीओ)मा मुद्दा हाल्ने र उच्चस्तरीय चिकित्सा र इलेक्ट्रोनिक्स टेक्नोलोजीमा प्रयोग हुने दुर्लभ खनिजहरूको निर्यातमा प्रतिबन्ध लगाउने पनि बताएको छ।

ट्रम्पले आफ्नो पोस्टमा लेखेका छन्, “चीन अमेरिकाभन्दा धेरै बढी प्रभावित भएको छ, चानचुने कुरा होइन ।”

तर, अन्य प्रमुख व्यापारिक साझेदारहरूले मन्दीको डरका बीच तत्काल प्रतिशोधलाई रोकेका छन् र अन्तर्राष्ट्रिय गतिरोधलाई पन्छाउने पहल गरिरहेका छन् । रासस/एएफपी 
 

प्रकाशित मिति: शनिबार, चैत २३, २०८१  २१:५४
प्रतिक्रिया दिनुहोस्