site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कुलमानसँगै रिट लिएर सर्वोच्च पुगे हितेन्द्रदेव
फाइल तस्बिर ।

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य पनि सर्वोच्च अदालत पुगेका छन् । मन्त्रिपरिषद्ले सोमबार बर्खास्त गरेको निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङसँगै नवनियुक्त कार्यकारी निर्देशक शाक्य पनि सर्वोच्च पुगेका हुन् ।

दुवैजनाको रिट दर्ता भने भइसकेको छैन । कुलमानले आफूलाई बर्खास्त गर्ने निर्णय बदर गरिदिन माग गरेका छन् भने शाक्यले भने आफू विगतमा नियुक्त भएर हटाइएपछि मुद्दा लड्दाको अवधिको सेवा सुविधा लिने नलिने विषयमा निर्णय गरिदिन माग गरेका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

०७८ साउन २५ मा मन्त्रिपरिषद्को निर्णयले कार्यकारी निर्देशकबाट हटाइएका शाक्यले सर्वोच्चमा दायर गरेको रिटको फैसला अझै भएको छैन । ३३ वर्ष प्राधिकरणमै काम गरेर कार्यकारी निर्देशक नियुक्त भएका शाक्यलाई त्यहाँबाट हटाएर विद्युत् नियमन आयोगमा पद सृजना गरेर सरुवा गरिएको थियो । उक्त निर्णयविरुद्ध सर्वोच्च गएका शाक्यले आफैँ सेवासुविधा तोक्ने पदमा पुनः नियुक्त भएपछि त्यस अवधिको सेवा सुविधा लिनु हुने वा नहुने निर्णयका लागि सर्वोच्च गुहारेका हुन् ।

 

प्रकाशित मिति: बुधबार, चैत १३, २०८१  १८:३३
प्रतिक्रिया दिनुहोस्