site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
सिड्नीमा एन्टाको होली मेला

सिड्नी । अस्ट्रेलियाको ग्रानभिल पार्कमा 'होली हंगामा' कार्यक्रम आयोजना गरिने भएको छ । मार्च १५ (शनिबार)मा आयोजना हुने होली मेलामा नेपाल तथा अस्ट्रेलियाका कलाकारहरूको प्रस्तुति रहने आयोजक एसोसिएसन अफ नेपाल तराई इन अस्ट्रेलिया (एन्टा)का महासचिव विकास झाले जानकारी दिए ।

उनका अनुसार, ह्वाइट स्पट ग्रुपको प्रस्तुति रहेको मेलामा नेपाली खाना, गीत–संगीत र नाचगान रहनेछ । यस्तै, मेलामा प्रवेश गर्न कुनै शुल्क लाग्ने छैन ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

एन्टाका अध्यक्ष रन्जित शाहले संस्कृतिको जर्गेना गर्ने उद्देश्यले सिड्नीमा होली पर्वको आयोजना गर्न लागिएको बताए ।उनले सिड्नीवासी नेपालीहरूलाई आपसमा माया साटेर होली मनाउन आग्रह गरे ।

कार्यक्रममा सुदीन पोखरेल, सोभित बस्नेत, आरिफ रौफ, शुसान्त गौतम, सन्ध्या जोशी, उल्सन श्रेष्ठ, समय ब्यान्ड, डीजे नटकेस, मानस राज, जेनिशा गौतमलगायतको प्रस्तुति रहने आयोजकले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, फागुन २१, २०८१  १७:१९
प्रतिक्रिया दिनुहोस्