site stats
बाह्रखरी :: Baahrakhari
देश
सार्वजनिक गाडीमा कोड भाषा प्रयोग गरेर पकेट मार्ने आठजना स्वयम्भूबाट पक्राउ

काठमाडौं । काठमाडौंको स्वयम्भू क्षेत्रमा चल्ने सार्वजनिक सवारी साधनमा पकेट मार्ने एक समूहलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त स्वयम्भूको विशेष टोलीले सार्वजनिक सवारी साधनभित्र शंकास्पद व्यवहार गरिरहेको अवस्थामा आठ जनालाई बिहीबार साँझ पक्राउ गरेको हो ।

उनीहरूमाथि प्रहरीले अभद्र व्यवहार कसुरको मुद्दा चलाएर अनुसन्धान थालेको छ । प्रहरीका अनुसार, उनीहरूले समूहमा सार्वजनिक बसभित्र बस्ने र विभिन्न कोड भाषा प्रयोग गरेर यात्रुहरूको पकेट मार्ने गरेको खुलेको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

पक्राउ पर्नेमा धादिङको थाक्रे गाउँपालिका–१ का २७ वर्षीय विदुर कमल, धादिङकै गल्छीका २८ वर्षीय विवेक ढुंगाना, सिन्धुपाल्चोकका विवेक तामाङ, काभ्रेका सनबहादुर तामाङ छन् ।

यस्तैगरी, सिन्धुपाल्चोकका शंखबहादुर योञ्जन, रौतहटका आकाश तामाङ, प्रकाश लामा र कसाङ तामाङलाई पक्राउ गरेको हो ।

अहिले प्रहरी वृत्त स्वयम्भूको कमान्डमा प्रहरी नावय उपरीक्षक (डीएसपी) उद्धव भाट छन् ।

प्रकाशित मिति: शुक्रबार, फागुन १६, २०८१  १३:१२
प्रतिक्रिया दिनुहोस्