site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
नेको इन्सुरेन्सले फागुन ८ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने

काठमाडौं । नेको इन्सुरेन्स डिमिटेडले फागुन ८ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले ४ः१ को अनुपात अर्थात् हाल कायम चुक्ता पुँजीको २५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

कम्पनीका सेयरधनीले आफूसँग कायम ४ कित्ता सेयर बराबर १ कित्ताका लागि फागुन २८ गतेसम्म आवेदन दिन सकिनेछ । माघ १५ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीले मात्र कम्पनीको हकप्रद सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

इन्सुरेन्सले ५० करोड ३० लाख ९० हजार १५५ रुपैयाँबराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका ५० लाख ३० हजार ९०१.५५ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

इन्सुरेन्सको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड छ । सेयरधनीहरूले बिक्री प्रबन्धकका साथै नेको इन्सुरेन्सको केन्द्रीय तथा क्षेत्रीय कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् । 

नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूबाट सी–आस्बा प्रणालीमार्फत पनि आवेदन दिन सक्नेछन् । 

त्यस्तै, सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी)बाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो सेयर’ प्रयोग गरी अनलाइनमार्फत समेत हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन् ।

हाल कम्पनीको चुक्ता पुँजी दुई अर्ब एक करोड २३ लाख ६० हजार ६१९ रुपैयाँ छ । 

प्रकाशित मिति: आइतबार, माघ २०, २०८१  १२:३८
प्रतिक्रिया दिनुहोस्