site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
अर्थतन्त्रका समस्या किस्ता–किस्तामा समाधान : अर्थमन्त्री पौडैल
फाइल तस्बिर ।

काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले अर्थतन्त्रमा देखिएका समस्याहरूलाई किस्ता–किस्तामा समाधान गरी रहेको दाबी गरेका छन् ।

नेपाल चार्टर्स एकाउन्टेन्ट्स संस्था (आइकन)को २८औँ वार्षिकोत्सव समारोहमा बोल्दै अर्थमन्त्री पौडेलले पछिल्लोसमय अर्थतन्त्रमा देखिएका समस्या समाधानको लागि सरकारले किस्ता–किस्तामा समाधान गर्न चाहेको उल्लेख गरे । उनले अर्थतन्त्रलाई चलायमान बनाउँदै मुलुकमा लगानी, उत्पादन, रोजगारीलाई अभिवृद्धि गर्न र विदेशी लगानी आकर्षित गर्नका निम्ति प्रयास गरिरहेको बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सरकारले आर्थिक क्रियाकलापलाई डिजिटल प्रविधिमा सम्पूर्ण रूपमा निर्भर रहनसक्ने गरी आत्मसाथ गरे पनि वर्तमान नयाँ टेक्नोलोजीका हिसाबले अगाडि बढ्न भने नसकेको जिकिर गरे । कर प्रणालीमा सरकारले चाहेको जस्तो सुधार गर्न अझै नसकेको भन्दै नेपाल चार्टर्स एकाउन्टेन्ट्सहरूले सुधारको लागि आवश्यक सहयोग गर्न आग्रह गरे । उनले कुनै पनि व्यवसायीले कर छल्न नसक्ने खालको कानुन बनाउन नसकिएको बताए ।

 

प्रकाशित मिति: बिहीबार, माघ १७, २०८१  २२:१६
प्रतिक्रिया दिनुहोस्