site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रचण्डले भने– एमालेले शान्तिप्रक्रिया अस्त्र बनायो, कांग्रेससँग सहकार्य गर्छौँ

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले शान्तिप्रक्रियाका बाँकी काम टुंगोमा पुर्‍याउन नेपाली कांग्रेससँग सहकार्य हुने बताएका छन् । आइतबारबाट सुरु भएको केन्द्रीय कमिटी बैठकमा प्रचण्डले नेकपा (एमाले)ले शान्तिप्रक्रियालाई माओवादीविरुद्धको अस्त्र बनाएको बताएका हुन् ।

"टीआरसी विधेयक संसद्‌बाट पारित भएर आयोगका पदाधिकारी माग गरेको अवस्थामा पनि टुंगोमा नपुर्‍याउनु हामीविरुद्ध खेलेको राजनीति हो," प्रचण्डको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, "एमाले माओवादीविरुद्धको अस्त्रका रूपमा शान्तिप्रक्रिया झुन्डाइरहन चाहन्छ ।"

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले सरकार गठनका विषयमा नभएर शान्तिप्रक्रियाका काम टुंगोमा पुर्‍याउन कांग्रेससँग नजिक हुने बताएका छन् । "एमाले गुटको निहीत स्वार्थका कारण शान्ति प्रक्रिया टुंगिएन । शान्ति प्रक्रिया टुंग्याउन कांग्रेससँग सहकार्य गरेर आयोगहरूलाई पूर्णता दिएर अघि बढ्नुपर्छ । शान्ति प्रक्रियाका हकमा कांग्रेससँग नजिक हुन्छौँ । सरकार गठनमा होइन," प्रचण्डले बैठकमा भनेका छन् ।

उनले आगामी निर्वाचनमा माओवादी एक्लै लड्ने पनि बताएका छन् । यी दुई दलसँग लड्दा आफूहरू सक्किने प्रचण्डको भनाइ थियो ।

 

प्रकाशित मिति: आइतबार, पुस २१, २०८१  २१:२१
प्रतिक्रिया दिनुहोस्