site stats
बाह्रखरी :: Baahrakhari
विदेश
लेबनानको पुनर्निर्माणका लागि विश्व बैंक तयार

बेरुत । विश्व बैंकका एक वरिष्ठ अधिकारीले हिजबुल्लाह–इजरायल द्वन्द्व अन्त्य भएपछि लेबनानको पुनर्निर्माणमा सहभागी हुन विश्व बैंक तयार रहेको बताएका छन् । 
 
लेबनानको राष्ट्रिय समाचार एजेन्सीका अनुसार विश्व बैंकका मध्यपूर्व विभागका देशीय निर्देशक ज्याँ क्रिस्टोफ क्यारेटले लेबनानको पुनर्निर्माणमा लेबनानी सरकारसँग सहकार्य गर्ने बैंकको इच्छा व्यक्त गरेका हुन् । क्यारेटले लेबनानको संसदसँगको भेटमा उक्त भनाइ राखेका हुन् । 

उक्त अवसरमा सभामुख नाबिह बेरी र विभागका देशीय निर्देशक क्यारेटले पुनर्निर्माण परियोजना र कार्यक्रम, भग्नावशेष हटाउने, पूर्वाधार पुनर्निर्माण, र औद्योगिक र कृषि सुविधाको पुनर्स्थापनासहितका विषयमा छलफल गरेका थिए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

बेरीले ‘इजरायली आक्रमणबाट लेबनानले व्यहोरेको परिणामलाई पुनर्निर्माण र सम्बोधन गर्न लेबनानसँग प्रतिक्रिया र संलग्न हुने विश्व बैंकको इच्छा र तत्परता’को प्रशंसा गरे । 

विश्व बैंकले तयार गरिरहेको योजनाको विवरणका बारेमा पनि जिज्ञासा राख्दै उनले भने, “यो योजनामा किसान, उद्योगपति र साना व्यवसायीका लागि भूमि सुधार र ऋण सुरक्षित गर्ने कार्यक्रम समावेश हुनुपर्दछ ताकि उनीहरूलाई यस वर्षको अन्त्यसँगै पुनः वृद्धि गर्न सकियोस् ।’’
 
विश्व बैंकका अनुसार लेबनानमा हिजबुल्लाह–इजरायल द्वन्द्वबाट भएको भौतिक तथा आर्थिक क्षति आठ अर्ब ५० करोड अमेरिकी डलर रहेको अनुमान गरिएको छ ।

प्रकाशित मिति: बुधबार, पुस ३, २०८१  १६:२७
प्रतिक्रिया दिनुहोस्