site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
महालक्ष्मी  विकास बैंकको सामाजिक उत्तरदायित्वका कार्यक्रम सम्पन्न

काठमाडौं । महालक्ष्मी विकास बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत विविध कार्यक्रम सम्पन्न गरेको छ । बैंकले शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रवर्धन, पूर्वाधार निर्माण/सुधार, दिगो विकास लक्ष्य, मानव सेवा तथा परोपकार कार्यजस्ता क्षेत्रहरूमा सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रम गर्दै आएको छ ।

बैंकका कार्यालयमा रहेका डिस्पोजेबल कागजहरू राउन्ड टेबल नेपाल र महालक्ष्मी विकास बैंकको प्रत्यक्ष निगरानीमा तोकिएका कागज उत्पादक कम्पनीलाई पुनः प्रशोधनका लागि दिने र सोमार्फत प्राप्त रकम गरिब तथा असहाय विधार्थीहरूको शिक्षामा पहुँच विस्तार गर्दै शैक्षिक विकासको लागि खर्च गर्ने गरी राउन्ड टेबल नेपालसँग समझदारी गरेको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यसबाट बैंकले गर्दै आएको संस्थागत सामाजिक उत्तरदायित्व कार्य तथा राउन्ड टेबल नेपालले गर्दै आएको 'बालबालिकालाई शिक्षित गरौँ' भन्ने परियोजनामा थप टेवा पुग्ने विश्वास लिइएको छ ।

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नै तीनकुने टोल सुधार समिति, काठमाडौंलाई फोहोर व्यवस्थापनमा सहयोग पुर्‍याउन डस्टबिन वितरण गरेको छ । ४०० भन्दा बढी घरधुरी रहेको टोलमा स्वच्छता र हरियाली प्रवर्धन गर्ने उद्देश्यका साथ ५० वटा डस्टबिन वितरण गरिएको बैंकले जनाएको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व कार्यलाई निरन्तरतास्वरूप ललितपुर रत्न तथा आभूषण संघ र रोटरी क्लब अफ पाटन हेरिटेजसँगको सहकार्यमा सांस्कृतिक गहना र सम्बन्धित कलाकृतिहरूको प्रदर्शनका साथै विभिन्न रत्नादी भएको परम्परागत आभूषणहरूको प्रदर्शन गर्न आयोजित 'पाटन हेरिटेज रनवे' आयोजना गर्न आर्थिक सहयोग गरेको छ ।

त्यसैगरी, दैनिक कामकाजलाई सहजरूपमा सञ्चालन गर्न आवश्यक पर्ने कम्प्युटर, मनिटर, कम्प्युटर टेबल, कुर्ची जस्ता कार्यालय सामग्री खरिद गर्न श्री शिव मन्दिर, बसडिलवा, सिदार्थनगर, रूपन्देहीलाई बैंकले आर्थिक सहयोग गरेको छ । यसपछि मन्दिर व्यवस्थापनलाई कार्यालय व्यवस्थापन र पत्राचार गर्न सहज हुने बैंकको विश्वास छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १४, २०८१  १७:११
प्रतिक्रिया दिनुहोस्