site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
मुन्दुम भ्रमण वर्षको तयारी तीव्र

भोजपुर । एक लाख पर्यटन भित्र्याउने लक्ष्यका साथ आयोजना गर्न लागिएको मुन्दुम भ्रमण वर्ष २०२५ को तयारी तीव्र बनाइएको छ । आ–आफ्नो क्षेत्रमा रहेका स्थानीय तहले ‘मुन्दुम ट्रेल भ्रमण वर्ष’ सफल बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाएसँगै तयारी तीव्र पारिएको हो ।

टेम्केमैयुम गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले आगामी पुस १७ गतेदेखि औपचारिक रूपमा सुरु हुने मुन्दुम ट्रेल भ्रमण वर्षका लागि विभिन्न महोत्सव आयोजना हुने गरी तयारी सुरु गरिएको जानकारी दिए ।  

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

मैयुङ ट्याम्के साल्पासिलिचुङ पर्यटन प्रवर्द्धन केन्द्रको संयोजकत्व र मुन्दुम ट्रेल भ्रमण वर्ष मूल व्यवस्थापन समितिको आयोजनामा आज यहाँ बसेको बैठकले विभिन्न स्थानीय तहलाई मुन्दुम ट्रेलसँग जोडिएका आआफ्नो क्षेत्रमा विभिन्न महोत्सव र पर्यटकीय क्रियाकलापसहित पर्यटन प्रवर्द्धन गर्न मद्दत पुग्ने किसिमका मौलिक कार्यक्रम समावेश गराउने निर्णय भएको उनले बताए ।  

भ्रमण वर्षमा भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा गुराँस तथा घोडचढी महोत्सव, फिल्म सुटिङ महोत्सव, खोटाङको केपिलासगढी गाउँपालिकामा हनी हन्टिङ महोत्सव तथा गोठष्टे महोत्सव, साकेला गाउँपालिकामा उधौँली–उभौँली साकेला तथा अन्य सांस्कृतिक महोत्सव आयोजना गरिनेछ । 

भोजपुर नगरपालिकामा अल्ट्रा म्याराथुन, माउन्टेन साइकिलिङ, साल्पा सिलिछो गाउँपालिकामा नाछोङ धामी साहित्यिक महोत्सव, षडानन्द नगरपालिकामा रुद्राक्ष महोत्सव, महाकुलुङ गाउँपालिकामा विविध महोत्सवलगायत कार्यक्रम आयोजना गरिने आयोजकले जनाएको छ । 

“मुन्दुम ट्रेल भ्रमण वर्षलाई भव्य रूपमा सञ्चालन गर्न आयोजनाको तयारी तीव्र पारेका छौँ”, टेम्केमैयुङ गाउँपालिका अध्यक्ष बस्नेतले भने, “मुन्दुम ट्रेललगायत विभिन्न सांस्कृतिक पक्ष पर्यटनको भर्जिन गन्तव्य भएकाले एक लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ ।” 

यो सरकारको पर्यटन सूचीमा रहेको एक सय गन्तव्यमध्ये एक हो । रासस

प्रकाशित मिति: शनिबार, मंसिर ८, २०८१  १३:५१
प्रतिक्रिया दिनुहोस्