site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
देश र जनतालाई केन्द्रमा राखेर सरकारले काम गरिरहेको छ : सञ्चारमन्त्री गुरुङ
फाइल तस्बिर ।

लमजुङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले देश र जनतालाई केन्द्रमा राखेर सरकारले काम गरिरहेको बताएका छन् ।

क्व्होलासोथर गाउँपालिका–९, टक्सारमा शनिबार टक्सार बाबा र आमा समूहले संयुक्त रूपमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले भौतिक पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, पर्यटन र कृषि क्षेत्रको विकास, रोजगारी सिर्जनालाई पहिलो प्राथमिकता दिइएको बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले शिक्षा, स्वास्थ्य, यातायातलगायत सुविधा गाउँमा पुगे पनि घर खाली हुँदै तथा जमिन बाँझो रहेकामा चिन्ता व्यक्त गरे । गाउँबाट सहर पस्ने र विदेश जाने प्रवृत्ति रोक्न सरकारले हरसम्भव प्रयत्न गरिरहेको उनले बताए ।

गण्डकी प्रदेशको मुख्यमन्त्रीको जिम्मेवारीमा रहँदा आफूले लमजुङ र समग्र प्रदेशको विकासका निम्ति सक्रियतापूर्वक काम गरेको उनले स्मरण गरे । ‘घरघरमा बिजुली, एक घर एक धारा’ अभियान सञ्चालन गरेको बताउँदै मन्त्री गुरुङले लमजुङको विकासका निम्ति निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरे । साथै, उनले जनचाहनाअनुरूप काम गर्ने दृढता दोहोर्‍याए ।

स्थानीयले सडक कालोपत्र गर्ने तथा बिजुलीका नांगा तार ‘इन्सुलेटर’युक्त बनाउन गरेका मागप्रति सञ्चारमन्त्री गुरुङले सकारात्मक जवाफ दिएका थिए ।

टक्सार आमा समूहका सदस्य तथा वडा सदस्य शासदेवी गुरुङ, टक्सार बाबा समूहका पूर्वअध्यक्ष उमरबहादुर गुरुङलगायत वक्ताले गाउँका समस्याबारे जानकारी गराएका थिए । रासस

प्रकाशित मिति: शनिबार, असोज २६, २०८१  २०:४५
प्रतिक्रिया दिनुहोस्