site stats
बाह्रखरी :: Baahrakhari
देश
प्रधानन्यायाधीशले न्यायाधीश नियुक्ति गर्न लागेको भन्दै नेपाल बारको विरोध 

काठमाडौं । अवकास पाउन लागेका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायाधीश नियुक्ति गर्न लागेको भन्दै नेपाल बार एसोसिएसनले विरोध जनाएको छ । 

बुधबार बार परिसर रामशाहपथमा विरोधसभा गर्दै नेपाल बारले गैरसंवैधानिक संशोधित नियमावली बमोजिम न्यायाधीश नियुक्ति नगर्न पटकपटक ध्यानाकर्षण गराउँदा पनि घर जान लागेका प्रधानन्यायाधीशले न्यायाधीश नियुक्ति गर्न लागेको भन्दै विरोध जनाएको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

न्यायाधीशहरूको वरीयतालाई उथलपुथल पार्दै न्यायपरिषद्को गरिमालाई घटाउने कुनै काम नगर्न बारले ध्यानाकर्षण गराएको छ । बारले न्याय परिषद् नियमावलीमा भएको गैरसंवैधानिक र गैरन्यायीक संशोधन तत्काल खारेज गर्नुपर्ने माग राखेको छ ।

नेपाल बारका अध्यक्ष गोपालकृष्ण घिमिरेले घर जान लागेको प्रधानन्यायधीले हिसाव किताव मिलाउन छिटोछिटो न्यायाधीश नियुक्त गर्न लागेको आशंका व्यक्त गरे । नियमावली संशोधनको विवाद यथावत राखेर गर्न लागिएको न्यायाधीश सिफारिस रोकिनुपर्ने भन्दै उनले गैरसंवैधानिक कामलाई बारले हेरेर मात्रै बस्न नसक्ने स्पष्ट पारे । 

नेपाल बारले न्यायालयमा रहेको भ्रष्टाचार, विकृति, विसंगति अन्त्य गरी न्यायिक स्वच्छता कायम गर्न पनि माग गरेको छ । 
 

प्रकाशित मिति: बुधबार, असोज ९, २०८१  १५:१२
प्रतिक्रिया दिनुहोस्