site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
बिटु केसीको गजल 

गलाई घामको लाली लालीमा हेरेँ
फूललाई मनको डाली डालीमा हेरेँ

तप्प तप्प चुहिँदै पसिनाले सोध्यो
उसलाई खेतको आली आलीमा हेरेँ

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

चिन्छौँ मलाई ? खुसी आई सोध्यो
भर्खरै भित्र्याएको बाली बालीमा हेरेँ

युग बोक्ने उत्सव कस्तो हुँदो रै’छ ?
गड्गडाई रहेको ताली तालीमा हेरेँ

ढुंगा कसरी आखिर देउता बन्दो रै’छ ?
आस्थाका पूजा थाली थालीमा हेरेँ ।
 

प्रकाशित मिति: शनिबार, असोज ५, २०८१  ०७:११
प्रतिक्रिया दिनुहोस्