site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
नबिल बैंकका ग्राहकलाई र्‍याडिसन होटेलमा २० प्रतिशतसम्म छुट

काठमाडौं । नबिल बैंक लिमिटेडका ग्राहकले र्‍याडिसन होटेलमा उपलब्ध हुने सेवा सुविधामा विशेष छुट पाउने भएका छन् । बैंक र होटेलबीच भएको दुई पक्षीय समझदारीअनुसार यस्तो व्यवस्था गरिएको हो ।

बैंकको तर्फबाट रिटेल ट्रान्जेक्सन विभाग प्रमुख निरज शर्मा र होटेलको तर्फबाट फुड एन्ड बेभरेज निर्देशक केदार पाण्डेले समझदारीमा हस्ताक्षर गरेका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

समझदारीअनुसार नबिल बैंकका ग्राहकले र्‍याडिसन होटेलमा सेवा सुविधाको भुक्तानी गर्दा नबिलको डेबिट कार्ड, क्रेडिट कार्ड, एनबैंक, तथा एटीएम कार्ड प्रयोग गर्दा २० प्रतिशतसम्म छुट दिइने भएको छ । यस्तो छुट खानेकुरा र पेय पदार्थ, पेस्ट्री पसल, स्पा तथा जिम सेवामा हुने समझदारीमा उल्लेख गरिएको छ ।

बैंकले २४ लाखभन्दा बढी सेवाग्राहीलाई २६८ शाखा र ३१७ एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ । 

प्रकाशित मिति: बिहीबार, असोज ३, २०८१  १७:४६
प्रतिक्रिया दिनुहोस्