site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
भेनस हस्पिटल र प्रभु बैंकबीच छुट सम्झौता

काठमाडौं । प्रभु बैंकका ग्राहक तथा कर्मचारीलाई मध्यबानेश्वरस्थित भेनस हस्पिटलका सेवामा छुट हुने भएको छ । बैंक र भेनस हस्पिटलबीच बैंकका ग्राहकलाई अस्पतालको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

भेनस हस्पिटलका तर्फबाट जनरल म्यानेजर मनिशा ढकाल र प्रभु बैंकका तर्फबाट वाग्मती प्रदेश क्षेत्र नं. १ का प्रमुख दीपेन्द्र बाबु विष्टले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका हुन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सम्झौता अनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहक, कार्ड प्रयोगकर्ता, कर्मचारी तथा कर्मचारीका परिवारजनले भेनस हस्पिटलमा उपचार सेवा लिँदा फार्मेसी, हेल्थ प्याकेज, डाइग्नोष्टिक, अन्र्तगतका सेवामा ७ प्रतिशतदे खि १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

“बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकले नेपालभर ३१५ शाखा कार्यालय, २८६ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टरमार्पmत सेवा दिँदै आएको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ २८, २०८१  १६:३५
प्रतिक्रिया दिनुहोस्