site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत 'आधारभूत शिक्षा तथा साक्षरता' कार्यक्रम सञ्चालनका लागि सम्झौता गरेको छ ।

कम्पनीले अन्तर्राष्ट्रिय सहयोग संस्था रोटरी इन्टरनेसनल डिस्ट्रिक ३२९२ को सहकार्यमा देशका विभिन्न भागमा पिछडिएका वर्गको साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले सहयोग गर्न दुई संस्थाबीच भदौ २३ गते सहमति पत्रमा हस्ताक्षर भएको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सहमतिपत्रमा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको तर्फबाट संचालक समितिका अध्यक्ष रतन लाल केडिया र रोटरी इन्टरनेसनल डिस्ट्रिक ३२९२ को तर्फबाट अध्यक्ष राजेन्द्र मान शेरचनले हस्ताक्षर गरेका हुन् ।

कार्यक्रममा बिमा कम्पनीको तर्फबाट सञ्चालक भरतकुमार तोदी, प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे र रोटरी इन्टरनेसनल डिस्ट्रिक ३२९२ तर्फबाट अन्य पधाधिकारीको उपस्थिति थियो ।

सहमति अनुसार सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले उक्त संस्थालाई पाँच लाख रकम प्रदान गर्ने छ । उक्त रकममध्ये दुई लाख पाँच हजार शौचालय निर्माणको लागि र बाकी रकम रोटरी क्लबहरूमार्फत देशका सामुदायिक तथा सार्वजनिक स्कुलहरूमा सञ्चालन हुने टिच कार्यक्रम अन्तर्गत युवा साक्षरता प्रयोजनका लागि उपयोग गरिने बताइएको छ ।

कार्यक्रममा बोल्दै अध्यक्ष केडियाले सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी समाजमै रहेर गरिने व्यवसायमा सफल हुन समाजलाई नै सफल बनाउनुपर्छ भन्ने मान्यतामा अघि बढेको र संस्थागत नागरिकको भूमिकामा सामाजिक विकासको विभिन्न क्षेत्रमा योगदान दिन सदैब तत्पर रहेको बताए ।

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले १७० शाखा तथा उपशाखा कार्यालय, ५० हजारभन्दा बढी अभिकर्ता तथा १८ वटा योजनामार्फत जीवन बिमा सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१  १७:२६
प्रतिक्रिया दिनुहोस्