site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सौर्य एयरलायन्सको विमान दुर्घटना : तौल र गति नमिलेको प्रारम्भिक प्रतिवेदन
फाइल तस्बिर ।

काठमाडौं । गत साउन ९ गते भएको सौर्य एयरलाइन्सको विमान दुर्घटना विमानको तौल र गति नमिलेकाले भएको प्रारम्भिक प्रतिवेदनले देखाएको छ ।

बिहीबार संस्कृति पर्यटन तथा नागरिक उड्ड्यान मन्त्रालयमा पेस भएको प्रतिवेदनमा तौल र गति नमिल्दा दुर्घटना भएको उल्लेख छ ।

काठमाडौंबाट सबै मर्मत अर्थात् ‘सी–चेक’का लागि पोखरा जाँदै गरेको सौर्य एयरलाइन्सको ९ एन–एनएएमई कलसाइन नम्बरको सीआरजे–२०० जहाज दुर्घटनामा परेको थियो । १९ यात्रु रहेको जहाजमा एक्ला पाइलट मनिषरत्न शाक्य बाँचेका थिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

रतिसचन्द्र लाल सुमनको संयोजकत्वमा बनेको छानबिन समितिले बुझाएको प्रतिवेदनमा दुर्घटनाको मुख्य कारणमा जहाजको तौल सन्तुलन नमिलेको, टेकअफको गति, उडान अनुमति प्रक्रिया, मानवीय पक्ष र उडान सुरक्षा प्रणालीको कमजोरी देखाइएको छ ।

यस्तै, पाइलटलाई आकस्मिक समयमा अपनाउनुपर्ने विधि उल्लेख गरिएको क्विक रिफरेन्स ह्यान्डबुकमा उल्लेख गरिएको जहाजको गति (भी स्पिड)को सीमा र फ्लाइट डेटा रेकर्डर (एफडिरआर)मा रेकर्ड भएको तथा उडानतालिकामा उल्लेख भएको जहाजको गतिमा पनि फरक पाइएको उल्लेख छ ।

प्रतिवेदनमा १८ हजार ५०० किलो तौलसहितको (टेकअफ वेट) उडान गर्दा पाइलटले प्रयोग गर्ने स्पिड कार्डमा उल्लेख भएको जहाजको गति नै गलत भएको छ ।

टेकअफ वेटमा जहाजको तौल, इन्धनको तौल, यात्रु, कार्गाे र पाइलटसँगै उडानमा सहभागी एयरलाइन्सका कर्मचारीको तौल समावेश हुन्छ । १८,५०० तौल (टेकअफ वेट)लाई तोकिएको जहाजको गति (भी स्पिड) नै गलत लिइएको निष्कर्ष अध्ययनको छ ।

मर्मतका लागि उडेको जहाजलाई दिइएको अनुमतिको कार्यविधिसमेत पालना नभएको अध्ययनले देखाएको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ २१, २०८१  १५:५३
प्रतिक्रिया दिनुहोस्