site stats
बाह्रखरी :: Baahrakhari
कला
पौराणिक एक्सन थ्रिलर चलचित्र ‘डीएनए’ घोषणा

काठमाडौं । फोनिक फ्लिकको ब्यानरमा पौराणिक एक्सन थ्रिलर फिल्म ‘डीएनए’को घोषणा गरिएको छ । चलचित्रलाई निर्देशक चानस पुन मगरले निर्देशन गर्नेछन् । 

चलचित्र पौराणिक कथाको ‘मोर्डन एडप्टेसन’मा आधारित उनले बताएका छन् । ‘डीएनए’लाई चानस पुन मगर र मणिरत्न त्रिपाठीले संयुक्त रूपमा निर्देशन गर्नेछन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

बड पिक्चर्स र अन्डर एक्सपोज सिनेमासँगको सहकार्यमा चलचित्र निर्माण हुनेछ । चलचित्रको छायांकन आउँदो फागुनमा सुरु हुने निर्देशकले बताए । 

चलचित्रमा को–को कलाकारहरू हुने निर्माणपक्षले जानकारी दिएको छैन । 

प्रकाशित मिति: बुधबार, भदौ १९, २०८१  ०७:१४
प्रतिक्रिया दिनुहोस्