site stats
बाह्रखरी :: Baahrakhari
देश
थामे बाढीमा फसेका ६ जनाको उद्धार, २० घर पुरिएको आशंका

काठमाडौं । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित थामेगाउँमा आएको आकस्मिक बाढीमा फसेका ६ जनाको उद्धार गरिएको छ । नेपाली सेनाले एक विज्ञप्तिमार्फत उनीहरूलाई शुक्रबार सुरक्षित स्थानमा सारिएको जनाएको छ ।

थामेगाउँमा शुक्रबार दिउँसो १ः४५ बजे आकस्मिक बाढी आएको खबर आएपछि सेना उद्धारका निम्ति पुगेको थियो । सेनाले १५ देखि २० घर पुरिएको हुन सक्ने पनि जनाएको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“थामेगाउँमा करिब १ः४५ बजे हिम पहिरो गएको खबर प्राप्त हुनासाथ नेपाली सेनाको उद्धार टोली परिचालित भई प्रभावित इलाकाबाट ६ जनाको उद्धार कार्य गरेको छ,” सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “उक्त पहिरोमा परी १५ देखि २० घर पुरिएको भन्ने बुझिएको ।”

हालसम्म कुनै पनि मानवीय क्षतिको विवरण प्राप्त नभएको सेनाले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन ३२, २०८१  १६:१६
प्रतिक्रिया दिनुहोस्