site stats
बाह्रखरी :: Baahrakhari
देश
यातायात व्यवस्था कार्यालयका कम्प्युटर अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा 

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय एकान्तकुनामा कार्यरत कम्प्युटर अधिकृत बासुदेव रेग्मीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

सेवाग्राहीबाट उनले २० हजार रुपैयाँ घुस लिएको पुष्टि भएको दाबी गर्दै अख्तियारले बिहीबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

अधिकृत रेग्मीले सेवाग्राहीको सवारी चालक अनुमति पत्र कार्यालयको अभिलेख सच्चाई नवीकरण गर्ने गराउने प्रयोजनको लागि सेवाग्राहीबाट २० हजार रुपैयाँ घुस लिएको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान अगाडि बढाएको थियो ।

अनुसन्धान हुँदा सवारी चालक अनुमतिपत्रमा वर्ग ‘बी’ थप गर्न दिएको प्रयोगात्मक परीक्षाको चेकलिस्टमा एक व्यक्ति पास भएको तर इलेक्ट्रिक ड्राइभिङ लाइसेन्स रजिस्ट्रेसन सिस्टममा ‘फेल’ देखिएको थियो । ती व्यक्तिसँग उनले २० हजार रुपैयाँ घुस लिई विवरण सच्याएको अनुसन्धानमा पाइएको अख्तियारले जनाएको छ । 

दायर गरिएको मुद्दामा रेग्मीसँग २० हजार रुपैयाँ बिगो दाबी गरिएको छ । 
 

प्रकाशित मिति: बिहीबार, साउन ३१, २०८१  १४:०६
प्रतिक्रिया दिनुहोस्