site stats
बाह्रखरी :: Baahrakhari
देश
मेलम्ची, वाग्मतीसहित यी नदीमा बहाव उल्लेख्य बढ्ने
वाग्मती नदीमा बाढीको दृश्य । फाइल तस्बिर ।
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । देशका केही सानाठूला नदीमा आज पानीको बहाव उल्लेख्य बढ्ने अनुमान छ । वर्षासँगै केही नदी तथा खोलामा आकस्मिक बहावको उच्च जोखिमको सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

आवश्यक सतर्कता अपनाउन महाशाखाले सचेत गराएको छ । “आज नक्सामा अंकित गरिएका जिल्ला भई बहने मेलम्ची, वाग्मती, विष्णुमती, धोबीखोला, हनुमन्तेखोला, कालीगण्डकीको सहायक नदीहरू, तिनाउ, बाणगंगा, कञ्चनखोला, दानोखोलालगायत अन्य स–साना नदीमा बहाव बढ्ने, केही नदीमा आकस्मिक बहावको उच्च जोखिम, सतर्कता अपनाउनुहुन अनुरोध,” महाशाखाको सूचनामा उल्लेख छ ।

gsdkmh-1722919046.jpeg
 

प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१  १०:२२
प्रतिक्रिया दिनुहोस्