site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कोसीमा माओवादीका मन्त्रीले राजीनामा दिने, समर्थन फिर्ता नलिने

विराटनगर । कोसीमा नेकपा (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ता नलिने भएको छ । आज नै मुख्यमन्त्री हिक्मत कार्कीसमक्ष राजीनामा बुझाउने तर सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय भएको संसदीय दलका नेता इन्द्र आङ्बोले बताए ।‌

यसबारे जानकारी दिन विराटनगरमा गरिएको पत्रकार सम्मेलनमा नेता आङ्बोले भने, "तत्काल सरकारलाई दिएको समर्थन फिर्ता लिँदैनौँ ।"

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

नेकपा (एमाले) नेतृत्वको सरकारमा माओवादीबाट गणेश उप्रेती भौतिक पूर्वाधार विकास, राजेन्द्र कार्की स्वास्थ्य र नारायण बहादुर मगर पर्यटन, वन तथा वातावरण मन्त्री छन् । यसैगरी बन्दना झागर पर्यटन राज्यमन्त्री छिन् ।

मुख्यमन्त्री कार्कीले समय दिएलगत्तै राजीनामा बुझाउने तयारी रहेको एक मन्त्रीले बताए ।

केन्द्रमा कांग्रेस–एमालेको गठबन्धन बनेसँगै कोसीमा माओवादी सरकार छाड्नुपर्ने दबाबमा थियो ।

कोसीमा नेपालको संविधानको धारा १६८ को उपधारा ५ बमोजिमको सरकार छ ।‌

प्रकाशित मिति: शुक्रबार, साउन ११, २०८१  १६:५२
प्रतिक्रिया दिनुहोस्