site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
रास्वपाले भन्यो– ज्ञानेन्द्र र खिलराजलाई जस्तै संविधान नबुझाउनुहोला, नसके हामी छौँ

काठमाडौं । सत्तासाझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले नेकपा एमाले र नेपाली कांग्रेसबीचको समीकरणमा गम्भीर प्रश्न उठाएका छन् । उनले वर्तमान संविधान र राज्यसञ्चालन प्रणाली २०५९ मा पूर्वराजा ज्ञानेन्द्र शाह र २०६९ मा खिलराज रेग्मीलाई बुझाएजस्तै पुनः त्यस्तै हुने हो कि भन्ने आशंका गरे । 

सोमबारको प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले भने, “२०५९ मा गएर संविधान सदन र सरकार ज्ञानेन्द्रलाई बुझाएजस्तै । २०६९ मा खिलराज रेग्मीलाई आफ्नो अर्कमण्ठयताले बुझाएजस्तै नगनुहोला । तपाईंहरू सक्नुहुन्न भने हामी पालो कुरेर बसेका छौँ । बेचेनबिना हामी यसलाई पार लगाउन बसेका छौँ ।” 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले संसदीय प्रणालीमा विश्वासको मत लिने संवैधानिक अधिकार भएको भन्दै चार दिन पर्खिन अनुरोध गरे । साथै उनले संसदीय प्रणाली र संविधान बनाउने दलहरू नै संविधान र प्रणालीमाथि किन अविश्वास जताएर चार दिन धैर्य गर्न नसकेको भन्ने प्रश्न पनि उठाए । “किन यो प्रणाली र संविधानले काम नगर्ला, चार दिन अर्को पल्टुराम जन्मेला भन्ने डर ? तपाईंहरूसँग संख्या छ बहुमत हुने सम्भावना छ भने चार दिन कुर्नुहोस् एक अर्कालाई विश्वास गर्नुहोस् । किन दिन डराउनुहुन्छ,” उनले भने । 

उनले संविधानमा लेखिएको कुरा अभ्यास गरिरहेको भन्दै मध्यरातमा कुनै व्यापारीको घरमा गएर सहमति गर्ने दलहरूले आफूहरूलाई नैतिकताको पाठ पढाउन जरुरी नरहेको स्मरण गराए । “मध्यरातमा कुनै व्यापारीको घरमा गएर हस्ताक्षर भयो, उहाँकै दलको सांसदले हामीलाई नैतिकताको प्रश्न सोध्नुहुन्छ । हामी अभ्यास एक गछौँ कुनै व्यापारीको घरमा गए देशको खाका कोर्नुहुन्छ, अनि हामीलाई प्रश्न,” उनले भने ।

प्रकाशित मिति: सोमबार, असार २४, २०८१  १३:०२
प्रतिक्रिया दिनुहोस्