site stats
बाह्रखरी :: Baahrakhari
देश
६० किलो सुन तस्करी प्रकरण : ६० जनालाई प्रतिवादी बनाएर दोस्रो मुद्दा दायर (अभियोगपत्रसहित)  
फाइल तस्बिर ।

काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा ६० जनालाई प्रतिवादी बनाएर मुद्दा दायर भएको छ । प्रहरी प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले उनीहरूलाई प्रतिवादी बनाएर काठमाडौं जिल्ला अदालतमा दोस्रो मुद्दा दायर गरेको हो । 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गरेको अनुसन्धानको आधारमा सरकारी वकिलको कार्यालयले दुई डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनीलाई समेत प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

दायर मुद्दामा डमी कम्पनीका नाममा पैठारी भई आएका माल वस्तुहरूको परीक्षण गर्दा ती माल वस्तुहरूको पार्ट पुर्जामा भएको सुनको तौल तीन हजार १९४.६६८ केजी भएको अभियोग पत्रमा उल्लेख छ । त्यसरी बरामद भएको अवैध सुनको मूल्य ३० अर्ब ८४ करोड १२ लाख २६ हजार ४४० हुने भन्दै बिगो दाबी गरिएको छ ।

प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  १९:०८
प्रतिक्रिया दिनुहोस्