site stats
बाह्रखरी :: Baahrakhari
देश
यी ११ जिल्लाका नदीमा आकस्मिक बाढीको सम्भावना
झापास्थित रतुवा नदीको दृश्य । फाइल तस्बिर ।

काठमाडौं । देशका केही साना नदीमा आज आकस्मिक बाढीको सम्भावना छ । विशेष गरी ११ जिल्लाका नदीमा आकस्मिक बाढीको जोखिम रहने पूर्वानुमान छ ।

पाँचथर, तेह्रथुम, संखुवासभा, धनकुटा, भोजपुर, खोटाङ, ओखलढुंगा, रामेछाप, दोलखा, सिन्धुपाल्चोक र रसुवा भई बहने साना नदीमा पानीको बहाव बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । ती जिल्लाका केही साना नदीमा आकस्मिक बाढीको जोखिम रहने पूर्वानुमान छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

झापा, ताप्लेजुङ, इलाम, मोरङ, सुनसरी, सर्लाही, रौतहट, उदयपुर, सिन्धुली, मकवानपुर, गोरखा, धादिङ, तनहुँ, कास्की, लमजुङ, पाल्पा, डोटी, अछाम, बाँके, बर्दिया, जाजरकोट, बझाङ, बाजुरा र दैलेख भई बहने साना नदीमा पनि बहाव बढ्ने पूर्वानुमान छ ।

अबका तीन दिन देशका केही ठूला नदीहरूमा समेत बहाव बढ्दो हुने पूर्वानुमान छ । नदीतटीय क्षेत्रका क्रियाकलापमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

s1-1719201074.JPGs2-1719201074.JPG
 


 

प्रकाशित मिति: सोमबार, असार १०, २०८१  ०९:३६
प्रतिक्रिया दिनुहोस्