site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सरकारको भविष्यबारे चिन्ता गर्नुपर्ने बेला भएको छैन : महासचिव पोखरेल

मलेखु (धादिङ) । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकारको भविष्यबारेमा चिन्ता गर्नुपर्ने अवस्था नरहेको बताएका छन् । उनले सत्ता समीकरणमा रहेका एमाले लगायतका सबै दल यही सरकारलाई निरन्तरता दिने पक्षमा रहेको बताए । 

प्रेस चौतारी नेपाल धादिङले आज धादिङबेसीमा आयोजना गरेको पत्रकार भेटघाटका क्रममा महासचिव पोखरेलले मुलुकलाई सकारात्मक दिशातर्फ अगाडि बढाउन एमालेले यही सरकारलाई निरन्तरण दिने धारणा व्यक्त गरे । उनले भने, “वर्तमान समीकरणबाट मुलुकलाई सकारात्मक दिशामा अघि बढाउन सकिन्छ भन्ने हाम्रो प्रयास हो । त्यहीअन्तर्गत नयाँ समीकरण बनायौँ अहिले पनि हामी यो समीकरणको निरन्तरताका पक्षमा छौँ ।” 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

महासचिव पोखरेल एमाले जिल्ला कमिटी धादिङको तीनदिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्न धादिङबेंसी आइपुगेका हुन् ।

सरकार कमजोर बन्यो भने जनतामा निराशा बढ्छ कि भन्ने चिन्ता भए पनि सरकारको भविष्य के होला भन्ने चिन्ता लिनुपर्ने समय आइनसकेको एमाले महासचिव पोखलेको भनाइ छ ।  “सरकारले राम्रो काम गरोस्, जनता अपेक्षालाई सम्बोधन गरोस्, सुशासन दिन सफल होस्, जनताका मुद्दातर्फ ध्यान केन्द्रित होस्, उनले भने । 

अरु कुरामा विरोध जनाउनुपर्ने र सरकार परिवर्तन गरिहाल्नुपर्ने अवस्था नरहेको पोखरेलको भनाइ छ । “कमीकमजोरी भएका भएका विषयलाई सच्याएर अघि नबढ्दा २०८४ सम्म जनतामा निराशा छाउने पो हो कि भन्ने चिन्ता एमालेमा छ । यसको विकल्पमा अरुको खोजी चाहिँ होइन”, उनले भने, “अर्को समीकरणको खोजी गर्नुपर्छ भन्ने खालको बुझाइ होइन ।” रासस

प्रकाशित मिति: सोमबार, असार ३, २०८१  १८:३३
प्रतिक्रिया दिनुहोस्