site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
वाणिज्य बैंककाे नाफा ४८ अर्ब ६० करोड : नबिलकाे साढे पाँच अर्ब,  नेपाल बैंकको एक अर्ब पनि पुगेन

काठमाडौं । चालु आर्थिक वर्षको १० महिनामा २० वाणिज्य बैंकले ४८ अर्ब ६० करोड ६७ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार वैशाख मसान्तसम्म वाणिज्य बैंकहरूले यो नाफा कमाएका हुन् ।

यो अवधिका सर्वाधिक नाफा नबिल बैंकको भएको छ । यो बैंकले पाँच अर्ब ४६ करोड २५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । त्यस्तै बढी नाफा कमाउने दोस्रोमा ग्लोबल आईएमई बैंक चार अर्ब १२ करोड २९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले उक्त अवधिमा तीन अर्ब७७ करोड १० लाख रुपैयाँ नाफा आर्जन गरेको छ । प्राइम कमर्सियल बैंकले तीन अर्ब २२ करोड ५७ लाख र एभरेष्ट बैंकले दुई अर्ब ९८ करोड तीन लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

कृषि विकास बैंकले दुई अर्ब ६९ करोड, स्ट्याण्डर्ड चार्टर्ड बैंकले दुई अर्ब ६६ करोड, राष्ट्रिय वाणिज्य बैंकले दुई अर्ब ५६ करोड, प्रभु बैंकले दुई अर्ब ५० करोड र एनएमबी बैंकले दुई अर्ब ४८ करोड रुपैयाँ नाफा आर्जन गरेका छन् ।

त्यस्तै, हिमालयन बैंकले दुई अर्ब २२ करोड, एनआईसी एसिया बैंकले दुई अर्ब १६ करोड, सिद्धार्थ बैंकले एक अर्ब ९७ करोड, लक्ष्मी सनराइज बैंकले एक अर्ब ९५ करोड, सानिमा बैंकले एक अर्ब ७४ करोड, सिटिजन्स इन्टरनेसनल बैंक नेपालले एक अर्ब ५० करोड, कुमारी बैंकले एक अर्ब ४२ करोड, नेपाल एसबीआई बैंकले एक अर्ब ४२ करोड, माछापुच्छ्रे बैंकले एक अर्ब १० करोड र नेपाल बैंकले सबैभन्दा कम ५९ करोड तीन लाख रुपैयाँ नाफा आर्जन गरेको छ । 

प्रकाशित मिति: बुधबार, जेठ ३०, २०८१  १०:५९
प्रतिक्रिया दिनुहोस्