site stats
बाह्रखरी :: Baahrakhari
विदेश
विमान दुर्घटनामा मलावीका उपराष्ट्रपति चिलिमासहित ९ जनाको मृत्यु

लिलोङवे, मलावी । मलावीको हिमाली क्षेत्र चिकांगावा हिमालय शृंखलामा भएको विमान दुर्घटनामा उपराष्ट्रपति साउलोस चिलिमा र उनकी श्रीमतीसहित ९ जनाको मृत्यु भएको छ । 

राष्ट्रपति तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा जारी विज्ञप्तिमा मलावीका राष्ट्रपति लाजरस चकवेराले मंगलबार राष्ट्रिय शोकको घोषणा गरेका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सोमबार बिहान मलावीको राजधानी लिलोङ्वेबाट उडेको सैन्य विमानमा सवार सबैको दुर्घटनामा मृत्यु भएको हो ।

साउलोस चिलिमा र विमानमा सवार अन्य अधिकारी मलावीका पूर्वमहान्यायाधिवक्ताको अन्त्येष्टिमा भाग लिन जाँदै थिए ।

विमानलाई विमानस्थलबाट दिइएको संकेतबारे एयर ट्राफिक अधिकारीले भने, "विमान लिलोङवेबाट करिब २०० माइल उत्तरमा रहेको एमजुजु विमानस्थलमा कमजोर दृश्यताका कारण अवतरण गर्न नसकेपछि चालकलाई राजधानी जान सल्लाह दिइएको थियो ।"

स्थानीय समयअनुसार सोमबार राति टेलिभिजनमा सम्बोधन गर्दै चावेराले चिलिमाको विमान फेला नपरेसम्म खोजी तथा उद्धार कार्य जारी रहने बताएका छन् ।

५१ वर्षीय चिलिमालाई मलावीमा सन् २०२५ मा हुने राष्ट्रपतिको निर्वाचनको सम्भावित दावेदारको रूपमा हेरिएको थियो । रासस/एएनआई

प्रकाशित मिति: मंगलबार, जेठ २९, २०८१  २०:४९
प्रतिक्रिया दिनुहोस्