site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कोसी सरकारको मुद्दा पूर्ण इजलासमा पठाइयो,  जेठ २७ गतेलाई पेसी 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । कोसी प्रदेश सरकारको रिट सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको संयुक्त इजलासले पूर्ण इजलासमा पठाउने आदेश गरेको छ । 

एउटा मुख्यमन्त्रीलाई पदमुक्त नगरी संविधानविपरीत अर्को मुख्यमन्त्रीको नियुक्ति भएको भन्दै केदार कार्कीले दायर गरेको रिटमा अन्तरिम आदेश माग गरिएको छ । तर, एक न्यायाधीशको एकपटक र दुई न्यायाधीशको इजलासमा दुईपटक पेसी तोकिए पनि सुनुवाइ नै पूर्ण इजलासमा परेको छ ।

कोसी प्रदेश विवादको मुद्दा पूर्ण इजलासबाट सुनुवाइ हुनु वाञ्छनीय रहेको भन्दै न्यायाधीशद्वयको इजलासले पूर्ण इजलासमा पठाउने आदेश गरेको हो । कोसी प्रदेश विवादको विषय संवैधानिक व्याख्या र नवनियुक्त मुख्यमन्त्रीले काम गर्न मिल्ने हो कि होइन सो विषयमा समेत छिटो निरुपण हुनु आवश्यक देखिएको भन्दै आगामी जेठ २७ गतेका लागि पेसी तोक्न आदेश भएको निवेदक केदार कार्कीका अधिवक्ता रुपेश कोइरालाले जानकारी दिए ।

प्रकाशित मिति: बुधबार, जेठ २३, २०८१  १२:३६
प्रतिक्रिया दिनुहोस्