site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सोल्टी होटेल ग्रुप र प्रभु बैंकबीच छुट सम्झौता

काठमाडौं । काठमाडौंस्थित द सोल्टी होटेल ग्रुप र प्रभु बैंक लिमिटेडबीच छुटसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सोमबार प्रभु बैँकका तर्फबाट प्रमुख बजार अधिकृत रवीन्द्र ढकाल तथा प्रदेश प्रमुख सांग्रीला श्रेष्ठ र सोल्टी होटेल ग्रुपका तर्फबाट म्यानेजर सुदन अधिकारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

द सोल्टी होटेल ग्रुपअन्र्तगत द सोल्टी होटेल एन्ड रिसोर्ट, सोल्टी वोस्टेन्ड प्रिमियर नेपालगञ्ज, सोल्टी वोस्टेन्ड इटहरी, सोल्टी वोस्टेन्ड रिसोर्ट चितवन, सोल्टी वोस्टेन्ड रिसोर्ट नगरकोट, मिथिला यात्री निवास जनकपुरसँग प्रभु बैँक लिमिटेडका ग्राहक तथा कर्मचारीले सेवा तथा सुविधा लिएबापत छुट पाउने छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सम्झौताअनुसार प्रभु बैँकका ग्राहक तथा कर्मचारीले होटेल तथा रिसोर्टको सेवा तथा सुविधा प्राप्त गर्नको निम्ति बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा बैँकका अन्य कुनै विद्युतीय प्रणालीद्वारा विल भुक्तानी गर्नुपर्नेछ । द सोल्टी होटेल ग्रुपको होटेल तथा रिसोर्टमार्फत उपलब्ध आवासतर्फ विशेष संस्थागत छुटका साथै खाना तथा पेय पदार्थमा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

विगत पाँच दशकभन्दा बढी देशको पर्यटन क्षेत्रमा द सोल्टी होटेल समूहले योगदान गर्दै आएको छ । हालसालै ‘बैंक अफ द इयर २०२३’ को उपाधिबाट सम्मानित प्रभु बैंकले नेपालभर ३०२ शाखा कार्यलय, २८५ एटीएम साथै ७० भन्दा बढी एक्सटेन्सन काउन्टरमार्फत सेवा दिँदै आएको छ ।
 

प्रकाशित मिति: सोमबार, जेठ १४, २०८१  १४:३६
प्रतिक्रिया दिनुहोस्