site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कांग्रेस संसदीय दलको बैठक बस्दै
फाइल तस्बिर ।

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै छ । समसामयिक राजनीतिक विषयमा छलफल गर्न बिहान ९ बजे बैठक बस्न लागेको हो । 

त्यसअघि संसदीय दल कार्यसमितिको बैठक बिहान ८ः३० बजे बस्ने कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

संघीय संसद् भवन नयाँ बानेश्वर, ल्होत्से हलमा बस्ने बैठकमा आजै बिहान ११ बजेका लागि निर्धारित प्रतिनिधिसभाको बैठकमा पार्टी कसरी प्रस्तुत हुनेलगायत विषयमा छलफल हुनेछ । 

प्रतिनिधिसभाको आइतबारको बैठकमा भएको उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले बोलेका विषय र कांग्रेसलाई लगाएका आरोपबारेमा समेत छलफल हुने बताइएको छ ।

कांग्रेसले सहकारीको रकम अपचलनमा गृहमन्त्री लामिछानेको समेत संलग्नता देखिएको आरोप लगाउँदै निष्पक्ष छानबिनका लागि संसदीय समिति गठनको माग गरेर संसद् बैठक अवरुद्ध गर्दै आएको छ । तर प्रतिनिधिसभाको आइतबारको बैठकमा कांग्रेसलगायत विपक्षी दलको संयुक्त बैठकले गृहमन्त्री लामिछानेको मागबमोजिम उनलाई सदनमा बोल्न दिने सहमति गरेका थिए ।  

प्रतिनिधिसभाको आइतबारको बैठकपछि कांग्रेस महामन्त्री गगनकुमार थापाले पत्रकारसम्मेलनमार्फत सहकारीको रकम अपचलनका विषयमा निष्पक्ष छानबिन गर्न संसदीय समिति नबनेसम्म आफ्नो पार्टीले संसद् बैठक अघि बढ्न नदिने बताएका थिए । 

कांग्रेसले सहकारीका बचतकर्ताको रकम फिर्ता दिलाउनुपर्ने र सहकारीको रकम अपचलनमा संलग्न जोसुकै भए पनि कानुनी दायरामा ल्याउनुपर्ने माग गर्दै आएको छ । रासस 

प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१  ०७:५५
प्रतिक्रिया दिनुहोस्