site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
पोखरा र भैरहवा विमानस्थल चलाउन विशेष प्याकेज ल्याउने सरकारको घोषणा 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । सरकारले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि विशेष प्रोत्साहन प्याकेजको व्यवस्थापन गर्ने घोषणा गरेको छ । 

संघीय संसद्को मंगलबार बसेको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले तयार पारेको नीति तथा कार्यक्रम वाचन गर्दै सो जानकारी दिए । 

सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोउन्नति गरी पूर्ण क्षमतामा सञ्चालन गर्ने तयारी रहेको बताए । उनले नेपाली वायुसेवा कम्पनीहरूको अन्तर्राष्ट्रिय बजार विस्तार गरिने पनि उल्लेख गरे ।

प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  १६:०८
प्रतिक्रिया दिनुहोस्