site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सुहाङले लिए शपथ

काठमाडौं । नेकपा (एमाले)का नवनिर्वाचित सांसद सुहाङ नेम्वाङले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । 

बुधबार सिंहदरबारस्थित कृषि समितिको सभाहलमा सभामुख देवराज घिमिरेले शपथ खुवाएका हुन् । सभामुख घिमिरेले नेम्वाङलाई सांसदको प्रतिक चिह्न प्रदान गरेका थिए । सो अवसरमा सचिवालयका कर्मचारीहरूले सांसद नेम्वाङलाई नेपालको संविधान/ऐन/नियमका सामग्री प्रदान गरेका थिए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

कार्यक्रममा उपसभामुख इन्दिरा राना, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, रक्षामन्त्री हरिप्रसाद उप्रेती, विभिन्न राजनीतिक दलका प्रमुख सचेतक, संसद् सचिवालयका महासचिव पदमप्रसाद पाण्डेयलगायत उपस्थित थिए । 

नेम्वाङ गएको वैशाख १५ गते भएको उपनिर्वाचनमा इलाम–२ बाट निर्वाचित भएका थिए ।

प्रकाशित मिति: बुधबार, वैशाख २६, २०८१  ११:२७
प्रतिक्रिया दिनुहोस्