site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

काठमाडौं । मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सकिएको छ । नेपाल उद्योग परिसंघ (सीएनआई)ले उद्योग मन्त्रालयसँगको सहकार्यमा करिब तीन वर्षअघिदेखि ‘मेक इन नेपाल ः स्वदेशी’ अभियान सञ्चालन गरिरहेको छ ।

यो अभियानको मुख्य दुई उद्देश्य छ । पहिलो, नेपालमा उत्पादन र नेपाली वस्तुको उपभोग बढाउने । दोस्रो, नेपाली उत्पादनलाई प्रतिस्पर्धी बनाएर विश्वबजारमा पुर्‍याउने ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

परिसंघले यस बृहत् अभियानको कार्यान्वयनबाट स्पष्ट चार परिणाम हासिल हुने अपेक्षा गरिएको जनाएको छ । यसका उद्देश्यमा वार्षिक एक हजार नयाँ उद्योग दर्ता, दिगो विकासको लक्ष्यानुसार कुल गार्हस्थ उत्पादनमा उत्पादनमूलक क्षेत्रको हिस्सा सन् २०३० सम्ममा २५ प्रतिशत पुर्‍याउने, औद्योगिक क्षेत्रबाट वार्षिक डेढ लाख रोजगारी सिर्जना गर्ने र पाँच वर्षभित्र वार्षिक निर्यात चार अर्ब ६० करोड अमेरिकी डलर पुर्‍याउने छन् ।

तेस्रो संस्करणका दौरान भएका सघन छलफलका आधारमा सबल र आत्मनिर्भर अर्थतन्त्रतर्फ लम्कनका निम्ति ३५ बुँदे घोषणापत्र अर्थमन्त्री वर्षमान पुनलाई हस्तान्तरण गरिएको छ । परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले अर्थमन्त्री पुनलाई घोषणापत्र हस्तान्तरण गरेका हुन् ।

घोषणापत्र ग्रहण गर्दै अर्थमन्त्री पुनले स्वदेशी सम्मेलनमा भएका छलफलबाट प्राप्त महत्त्वपूर्ण सुझाव बजेटमा समेट्ने प्रतिबद्धता व्यक्त गरे । स्वदेशी उत्पादनलाई प्रोत्साहन, प्रवर्द्धन गर्न सरकारी कार्यालयमा स्वदेशी सामान नै खरिद गर्नुपर्ने विषयलाई नीतिगत रूपमा अगाडि बढाइने मन्त्री पुनले बताए ।

प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  १८:३६
प्रतिक्रिया दिनुहोस्