site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
आगलागीबारे देउवाले गराए सरकारको ध्यानाकर्षण
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगलागीबाट प्रभावित भएकाहरूलाई तत्काल राहतको व्यवस्था गर्न माग गरेका छन् । देउवाले आगलागी भएका क्षेत्रहरूमा तत्काल आगलागी नियन्त्रण गर्न प्रभावकारी उपायहरू अवलम्बन गर्न पनि सरकारसँग आग्रह गरेका छन् ।

"आगलागीका कारण जलेर घाइते हुन पुगेकाहरूको उचित उपचारको प्रबन्ध तथा घरबारविहीन हुन पुगेका पीडित परिवारजनहरूलाई तत्काल राहत, क्षतिपूर्ति तथा बसोबासको यथोचित प्रबन्ध गर्न सभापति देउवाले सरकारसँग जोडदार माग गर्नुभएको छ," शुक्रबार कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्तिमार्फत भनेका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले आगलागी प्रभावित जिल्लाका नेपाली कांग्रेस तथा भ्रातृ एवं शुभेच्छुक संस्थाका सबै तहमा एक आपसमा समन्वय गरी उद्धार, राहत र उचित बसोबासको व्यवस्थापनको कार्यमा सहयोग गर्न निर्देशन पनि दिएका छन् ।


 

प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१  १७:११
प्रतिक्रिया दिनुहोस्