site stats
बाह्रखरी :: Baahrakhari
देश
चंखेलीका तत्कालीन निमिक्त प्रमुख प्रशासकीय अधिकृतसहित सातजनाविरुद्ध भ्रष्टाचार मुद्दा 

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको चंखेली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीलगायत सातजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

उनीहरूले बाटो निर्माण गर्दा अनियमितता गरी गैरकानुनी लाभ तथा हानि पुर्‍याई भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले बिहीबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

अख्तियारले मुद्दा दायर गरेका अन्यमा गाउँपालिकाका तत्कालीन इन्जिनियर रुद्रबहादुर वली, असिस्टेन्ट सव–इन्जिनियर हर्कधन बुढा, उपभोक्ता समितिका अध्यक्ष मनजित रोकाय, सचिव धनपति ऐडी, कोषाध्यक्ष पुनी ऐडी र चंखेली गाउँपालिका–३ का तत्कालीन वडाध्यक्ष शालिग्राम ऐडी छन् । 

चंखेली गाउँपालिका–३ स्थित सुकिचौर हुँदै चिमाङसम्मको बाटो निर्माण कार्यमा अनियमितता भएको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान सुरु गरेको थियो । अनुसन्धान हुँदा उनीहरूले आर्थिक वर्ष २०७४/०७५ मा सञ्चालित सुकिचौर हुँदै चिमाङसम्मको बाटो निर्माण कार्यमा निर्माणस्थलको वास्तविक तथ्य बँग्याई भए गरेको कार्यभन्दा बढी मूल्यांकन गरेको पाइएको अख्तियारले जनाएको छ । 

उनीहरूले भए गरेको कार्यभन्दा बढी तथा साइटमा नगरे÷नगराएको परिमाणको झुट्टा बिल भरपाई तथा कार्यसम्पन्न प्रतिवेदन तयार तथा स्वीकृत गरेको थियो । सोबापत दुई लाख २२ हजार ५०३ रुपैयाँ बढी भुक्तानी दिई भ्रष्टाचार गरेको अख्तियारद्वारा बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०८१  १३:१२
प्रतिक्रिया दिनुहोस्