site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सिटिजन्स बैंकको वार्षिकोत्सव : निःशुल्क स्वास्थ्य शिविर र रक्तदान कार्यक्रम

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले १७औँ वार्षिकोत्सवको अवसरमा घरबारविहीन सडकमा आश्रित बालबालिकाहरूलाई खानाको साथै निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । गत चैत २० गतेदेखि २०८१ वैशाख ६ गतेसम्म १७ दिन करिब एक हजार ७०० व्यक्तिलाई १७ दिन भोजनको व्यवस्था गरेको हो ।

बैंकले आफ्नो १७औँ वाार्षिकोत्सव वैशाख ७ गते मनाउँदै आएको छ । भोटुःइन्दिरा समाज कल्याण संस्थासँगको सहकार्यमा काठमाडौंको जोरपाटी, चाबहिल, बौद्ध, मैतीदेवी, सेतोपुल, पुरानो बानेश्वर, भीमसेनगोला, बत्तीसपुतली, सिनामंगल, गौशाला लगायतका स्थानमा नदी किनार, सडक छेउमा र पुलमुनी बस्ने घरबारविहीन मानिसलाई बैंकले भोजन वितरण गरेको बताइएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सन् २०२० मा कोभिड–१९ को सुरुआतसँगै सडकमा आश्रित घरबारविहीन व्यक्तिहरूलाई खाना खुवाउने कार्यको थलानी गरेको भेटुःइन्दिराले हालसम्म तीन लाखभन्दा बढीलाई खाना खुवाएको बताइएको छ । त्यस्तै, ५०० भन्दा बढीलाई अन्य सहयोग गरिसकेको पनि बताइएको छ । बैंकले वैशाख ६ गते कोसी प्रदेशको धरान शाखाबाट निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी करिब १५० जना सेवाग्राहीलाई निःशुल्क स्वास्थ्य परीक्षण गराएको थियो ।

त्यस्तै, धरान शाखा र महेन्द्रचोक शाखा, मधेस प्रदेशको महेन्दनगर धनुषा शाखा, वाग्मतीको ठिमी, थानकोट, भैंसेपाटी, सामाखुसी, टेकु र नारायणगढ शाखा, कर्णाली प्रदेशको सुर्खेत शाखा, सुदुरपश्चिम प्रदेशको धनगढी र महेन्द्रनगर शाखाहरूबाट  रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । देशभर विभिन्न शाखामा गरेको रक्तदान कार्यक्रममा २२२ जना दाताले रक्तदान गरेका थिए ।  

सिटिजन्स बैंकले देशैभरी फैलिएका १९० वटा शाखा, १५३ एटीएम र ९८ वटा शाखारहित बैंकिङ इकाईमार्फत सेवा दिँदै आएको छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  १७:०२
प्रतिक्रिया दिनुहोस्