site stats
बाह्रखरी :: Baahrakhari
देश
त्रिभुवन विमानस्थलमा एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा भेटियो
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला परेको छ ।

बुधबार ११ बजे अन्तर्राष्ट्रिय उडानतर्फको आगमन भई भारतको दिल्लीबाट आई वे नम्बर ५ मा रोकिएको फ्लाइट ६ई११५१ को इन्डिगो एयरको सिट नम्बर २७ र  २८ को तलपट्टि बेवारिसे अवस्थामा सुन फेला परेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक कृष्णहरि शर्माले जानकारी दिए ।

“बेवारिसे अवस्थामा भेटिएको उक्त सुनमा सिक्री तीन, सुनको बिस्कुट थान ६, त्रिभुज आकारको सुनजस्तो देखिने पहेँलो रङको धातुको टुक्राहरु दुई, सिक्री जोड्ने स–साना रिङ दुई फेला परेको छ, सोको कूल अन्दाजी तौल एक किलो ७० ग्राम रहेको छ,” उनले भने । रासस

प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१  २१:१५
प्रतिक्रिया दिनुहोस्