site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउँछौँ : विष्णु पौडेल
फाइल तस्बिर ।

पर्वत । नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले एमालेलाई निर्णायक राष्ट्रिय शक्तिको रूपमा विकसित गरिने बताएका छन् ।

एमाले पर्वतको १०औँ जिल्ला अधिवेशनलाई आज  कुश्मामा सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले  २०७९ सालको निर्वाचनमा लोकप्रिय मतको हिसाबले मुलुककै पहिलो दल एमाले भएको उल्लेख गर्दै २०८४ सालको निर्वाचनमा एकल बहुमत ल्याउने गरी पार्टीलाई विस्तार गरिने बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले एमालेलाई किनारा लगाएर मुलुकको समृद्धि हासिल हुन नसक्ने भन्दै मुलुकको विकास र समृद्धि एमालेको नेतृत्वमा मात्रै सम्भव भएको बताए । 

उपाध्यक्ष पौडेलले एमालेको विचारबाट मात्र मुलुकको विकास सम्भव रहेको दाबी गरे ।

“अन्य दलहरू मुलुक निर्माणका लागि असफल भइसकेका छन्,” उनले भने ।

विसं २०८४ मा सहयात्री खोजेर सरकार बनाउनुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने उनको भनाइ थियो । एमालेले बहुमत ल्याए पनि सहयात्री वामपन्थी दललाई समेत समटेर सरकार बनाइने उनले उल्लेख गरे । रासस

प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  २२:४१
प्रतिक्रिया दिनुहोस्