site stats
बाह्रखरी :: Baahrakhari
देश
प्रहरी र प्रदर्शनकारीबीच भद्रकालीमा पुनः झडपको अवस्था

काठमाडौं । प्रहरी र प्रदर्शनकारीबीच काठमाडौंको भद्रकाली क्षेत्रमा पुनः झडपको अवस्था सिर्जना भएको छ । मंगलबार बिहानदेखि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारविरुद्ध प्रदर्शन जारी राखेको छ ।

भद्रकालीमै यसअघि निषेधित क्षेत्र तोड्ने प्रयास गरिएपछि प्रहरीले बल प्रयोग गरेको थियो । त्यति बेला प्रहरीले प्रदर्शनकारीलाई भद्रकालीबाट तिरवितर पारेको थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनसहितका नेताहरू फेरि निषेधित क्षेत्र तोड्ने भन्दै पाँच गाडीमा भद्रकाली पुगेका उपत्यका प्रहरी कार्यालयका प्रमुख एवं एआईजी दीपक थापाले जानकारी दिए ।

प्रदर्शनकारी निषेधित तोडेरै छाड्ने अडानका साथ भद्रकाली पुगेका हुन् । उनीहरूले यसअघिको प्रदर्शनका क्रममा प्रहरीले हस्तक्षेप गरेको भन्दै उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको राजीनामा समेत मागेका छन् ।
 

प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  १५:४०
प्रतिक्रिया दिनुहोस्